Information is intelligence
HomeEconomyमर्जरकाे अन्तिम तयारी ,घरेलु लघुवित्तले पुस १४ मा डाक्यो एजीएम

मर्जरकाे अन्तिम तयारी ,घरेलु लघुवित्तले पुस १४ मा डाक्यो एजीएम

- Advertisement -spot_img

घरेलु लघुवित्त वित्तीय संस्थाले पुस १४ गते वाषिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले समता लघुवित्तसँग गाभिनको लागि अन्तिम सम्झौता गर्ने र सोको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्दैछ । यस्तै, दुवै कम्पनी एक भएपछि संस्थाको नाम ठेगना, अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी बृद्धि हुने भएकोले सोही बमोजिम कम्पनीको नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । सभा पञ्चकन्या ब्यांकेट बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

समता र घरेलु लघुवित्तले यसअघिनै एक आपसमा गाभिने सम्झौता गरिसकेका छन् । दुवै कम्पनीबीच गत असार १ गते एक आपसमा गाभ्ने–गाभिने विषयमा सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएको छ । समता र घरेलु लघुवित्त क्रमशः १००ः८० सेयर स्वाप अनुपातमा गाभिने प्रारम्भिक सम्झौता भएको छ । यद्यपि, यस विषयमा दुवै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा अन्तिम निर्णय हुनेछ ।

यता, घरेलु लभुत्तिसँग मर्ज हुने भएपछि समताकोे सेयर कारोबार रोक्का भएको छ । सिमरामा केन्द्रीय कार्यालय रहेको समता लघुवित्तले १० जिल्लामा २४ शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । यस्तै, आइपीओ निष्कासन नगरेको घरेलु लघुवित्तले काभ्रेपलाञ्चोकको बनेपाबाट सेवा प्रदान गर्दै आएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु