Information is intelligence
HomePoliticsदेशभर भइरहेका संविधानविरोधी र हिंसात्मक गतिविधि रोक्न एकजुट हौं: प्रधानमन्त्री ओली

देशभर भइरहेका संविधानविरोधी र हिंसात्मक गतिविधि रोक्न एकजुट हौं: प्रधानमन्त्री ओली

- Advertisement -spot_img

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा देशभर भइरहेका संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा जुट्न गणतन्त्र इतर सबै दल एक हुनुपर्ने बताएका छन्।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका हुन्।

केही समययता राजवादीहरुले काठमाडौंलगायतका प्रमुख सहरहरुमा अन्दोलन जारी राखेका छन् भने अर्कोतिर विप्लवले हिंसात्मक राजनीति जारी राखेको छ। प्रधानमन्त्री ओलीले दलबीच एकता र राष्ट्रिय सहमति कायम गराउन सर्वदलीय बैठक बोलाउँदै आएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले कोभिड-१९ को नियन्त्रण, यसमा प्राप्त उपलब्धिहरूको रक्षा गर्नुपर्ने विषयमा पनि धारणा राखेका थिए।

यो पनि पढ्नुहोस्:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु