Information is intelligence
HomeTourismबढ्याे सगरमाथाकाे उचाइ , नयाँ उचाइ सार्वजनिक

बढ्याे सगरमाथाकाे उचाइ , नयाँ उचाइ सार्वजनिक

- Advertisement -spot_img

विश्वकाे सर्वाेच्च शिखर सगरमाथाकाे उचाइ बढेकाे छ । मंगलबार नापी विभागमा गरिएकाे पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नयाँ उचाइ सार्वजनिक गर्दै सगरमाथाकाे उचाइ ८६ सेन्टिमिटर बढेकाे घाेषणा गरेकाे हुन्।

नयाँ उचाइ अनुसार अब सगरमाथाकाे उचाइ ८८४८.८६ मिटर कायम भएकाे छ । पत्रकार सम्मेलनमा नेपाल र चीनकाे संयुक्त टाेलीले एकैपटक नयाँ उचाइ सार्वजनिक गरेका हुन् । यद्यपि नेपाल र चीनले छुट्टाछुट्टै रूपमा सगरमाथाकाे उचाइ अनुसन्धान गरेका थिए ।

१० मंसिरमा बसेकाे मन्त्रीपरिषद बैठकले भूमी व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालयलाइ उचाइ सार्वजनक गर्न स्वीकृति प्रदान गरेकाे थियाे । चीनसँग समन्वय भने परराष्ट्र मन्त्रालयले गरेकाे हाे ।

यसअघिकाे उचाइ ८८४८ मिटर सन् १९५४  मा सर्वे अफ इन्डियाले नापेकाे थियाे । सगरमाथाकाे उचाइबारे विवाद देखिएपछि सन् २०२० मा नेपाल र चीनबीच ८८४८ लाइ नै मान्यता दिने साझा धारणा बनेकाे थियाे ।

सगरमाथाकाे उचाइ नेपाल र चीनमा एकै साथ उद्घाटन हुने सहमति सन् २०१ढ काे अक्टाेबरमा नै भएकाे थियाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु