Information is intelligence
HomeInternationalविश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५ लाख ५० हजार ५६२

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५ लाख ५० हजार ५६२

- Advertisement -spot_img

काठमाडौं  : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ करोड ७९ लाख ५६ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ६३ हजार नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि १५ लाख ५० हजार ५६२ पुगेको छ । हालसम्म ४ करोड ७० लाख ४३ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५३ लाख ७० हजार पुगेको छ । यहाँ हालसम्म २ लाख ९० हजार ४७४ हजार जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म ९७ लाख ३ हजार ९०८ संक्रमित हुँदा १ लाख ४० हजार ९९४ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ६६ लाख २८ हजार ६५ जना संक्रमित हुँदा १ लाख ७७ हजार ३८८ जनाको मृत्यु भएको छ । रुसमा २४ लाख ८८ हजार ९१२ संक्रमित हुँदा ४३ हजार ५९७ जनाको मृत्यु भएको छ । फ्रान्समा २२ लाख ९५ हजार ९०८ संक्रमित हुँदा ५५ हजार ५२१ जनाको मृत्यु भएको छ ।

यता, इटलीमा १७ लाख ४२ हजार ५५७ जना संक्रमित हुँदा ६० हजार ६०६ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म १७ लाख ३७ हजार ९६० जना संक्रमित रहेका छन् ६१ हजार ४३४ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या १७ लाख १५ हजार ७०० पुगेको छ भने ४६ हजार ६४६ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा १४ लाख ६६ हजार ६०९ जना संक्रमित हुँदा ३९ हजार ८८८ जनाको मृत्यु भएको छ । कोलम्बियामा १३ लाख ७७ हजार १०० संक्रमित हुँदा ३७ हजार ९९५ जनाको मृत्य भएको छ ।

नेपालमा भने अहिलेसम्म २ लाख ४१ हजार ९९५ जना संक्रमति फेला पर्दा २ लाख २७ हजार ४३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १६ सय १४ जनाको भने मृत्यु भएको छ । यता, कोरोना संक्रमणको सुरुवात भएको चीनमा पछिल्लो २४ घण्टामा १२ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८६ हजार ६४६ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु