Information is intelligence
HomePoliticsलोकतन्त्र विरोधी गतिविधि सरकारबाटै भएको हो- कांग्रेस

लोकतन्त्र विरोधी गतिविधि सरकारबाटै भएको हो- कांग्रेस

- Advertisement -spot_img

नेपाली काँग्रेसले सरकारले ठीक ढंगले काम गर्न नसक्दा जनतामा वितृष्णा जागेको त्यसकै नतिजास्वरुप असन्तुष्टिका स्वरहरु सडकमा देखिन थालेको बताएको छ ।

बैठकमा काँग्रेसले सरकारको काम कारबाही सहीरुपमा हुन नसकेको, लोकतन्त्र विरोधी गतिविधि सरकारबाटै भएको, कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको, जनभावनाअनुरुप काम गर्ने नसकेको जस्ता कारणले सरकारप्रति नागरिकमा वितृष्णा बढेको र सोही अनुरुप असन्तुष्टिका स्वरहरु सडकमा देखिएको काँग्रेसको भनाइ छ ।

बैठकपछि कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकार सच्चिएमा सडकमा व्यक्त असन्तुष्टिलाई आफ्नो कोणबाट व्याख्या गर्ने प्रवृत्ति सफल हुन नसक्ने बताए । “सरकार सच्चियो भने लोकतान्त्रिक पद्धतीअनुरुप सरकार चल्यो भने कुनै पनि प्रवृत्ति सफल हुन सक्दैन,” उनले भने ।  

बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता  रामचन्द्र पौडेल, उपसभापति विजय गच्छदार, विमलेन्द्र निधि र सहमहामन्त्री महत सहभागी थिए ।

यो पनि:

के नेपालमा राजतन्त्र फर्कन सक्छ? राजनीतिक र संवैधानिक आधार यस्ताे छ

देशभर भइरहेका संविधानविरोधी र हिंसात्मक गतिविधि रोक्न एकजुट हौं: प्रधानमन्त्री ओली

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु