Information is intelligence
HomeEducation‘इ–क्लास नेपाल’ एप सार्वजनिक ,विद्यार्थीका लागि थप सहज

‘इ–क्लास नेपाल’ एप सार्वजनिक ,विद्यार्थीका लागि थप सहज

- Advertisement -spot_img

कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि ‘इ–क्लास नेपाल’ एप आएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्माण गरेको एप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार सार्वजनिक गरेका हुन् ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला घरमै बसेर सुरक्षित तरिकाले सिकाइलाई निरन्तरता दिने उद्धेश्यले एप ल्याइएको केन्द्रले जनाएको छ । केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले कक्षा १–१० सम्मको स्वीकृत पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका र यसअघि निर्मित सिकाइ सामग्रीहरू समेटेर एप तयार पारिएको जानकारी दिए । उनका अनुसार एपमा यसअघि तयार पारिएका अनलाइन शैक्षिक सामग्री, युट्युब, इबुक्स, पाठ्यपुस्तकमा समेटिएका प्रत्येक पाठ विद्यार्थीले पढ्न सक्नेछन् ।

कक्षा ११ र १२ को पाठ्यसामग्री पनि एपमा समेट्ने प्रयास भइरहेको केन्द्रले जानकारी दिएको छ ।

शिक्षा मन्त्री पोखरेलले कोभिड महामारीका बेला शैक्षिक सत्र खेर जान नदिन विभिन्न वैकल्पिक सिकाइ मोडेलहरू अपनाइएको बताए । सुरक्षित रहँदै सिकाइलाई निरन्तरता दिन एप उपयोगी हुनेमा आफू विश्वस्त रहेको पोखरेलको भनाइ छ ।

शिक्षा मन्त्री पोखरेलले विश्वविद्यालयको अध्ययनलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु