Information is intelligence
HomeNewsथप १ हजार ३८२ जनामा कोरोना संक्रमण पुष्टि

थप १ हजार ३८२ जनामा कोरोना संक्रमण पुष्टि

- Advertisement -spot_img

काठमाडौँ — पछिल्लो २४ घण्टामा थप १ हजार ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ५२३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ४१३ , ललितपुरमा ११३ र भक्तपुरमा ६९ जनालाई  कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ६२१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख २९ हजार ५४ पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६३७ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु