Information is intelligence
HomeSportsच्याम्पियन्स लिग: लाइपजिग र पीएसजी अन्तिम १६मा, युनाइटेड बाहिरियो

च्याम्पियन्स लिग: लाइपजिग र पीएसजी अन्तिम १६मा, युनाइटेड बाहिरियो

- Advertisement -spot_img

युरोपियन च्याम्पियन्स लिगको समूह एच अन्तर्गत गएराति भएको खेलमा जर्मन क्लब आरबी लाइपजिगले म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको छ।

आरबी लाइपजिगको घरेलु मैदानमा भएको खेलमा ३-२ को जित हात पर्दै लाइपजिग अन्तिम १६मा प्रवेश गरेको छ । युनाइटेड भने हार पछि च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पीएसजीले अन्तिम खेलमा टर्किस क्लब इस्तानबुल बासाकसेयरसंग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । अंक बाडे संगै पीएसजी अन्तिम १६मा प्रवेश गरेको छ भने बासाकसेयर च्याम्पियन्स लिगबाट बाहिरिएको छ।

खेलको पहिलो हाफको दोस्रो मिनेटमा अन्जेलिनोले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाएका थिए ।त्यस्तै खेलको १३औं मिनेटमा हाईडाराले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिएभने दोस्रो हाफको ६९ औं मिनेटमा जसटिन क्लुभर्टले गोल गर्दै लाइपजिगलाई ३-० को अग्रता दिलाए। ३-० ले पछि परेको युनाइटेडले खेलको अन्तिम १० मिनेटमा २ गोल फर्काए पनि जित भने हासील गर्न सकेन।

६ खेलमा १२ अंक जोडेको लाइपजिग समुह बिजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ भने टर्किस क्लब इस्तानबुल बासाकसेयरसंग बराबरी खेलेको पीएसजी समुहको उपविजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ। पीएसजीसँग समान अंक भएको युनाइटेड भने  हेड टु हेडका आधारमा च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

यो पनि : बार्सिलोनाको मैदानमा रोनाल्डोको दुई गोल, युभेन्टस बिजयी

यो पनि : ‘मेस्सीलाई कहिल्यै प्रतिद्वन्दीको रुपमा हेरिन’- रोनाल्डो

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु