Information is intelligence
HomeSportsबार्सिलोनाको मैदानमा रोनाल्डोको दुई गोल, युभेन्टस बिजयी

बार्सिलोनाको मैदानमा रोनाल्डोको दुई गोल, युभेन्टस बिजयी

- Advertisement -spot_img

युरोपियन च्याम्पियन्स लिगमा गए राती भएको खेलमा युभेन्टसले बार्सिलोनालाई आफ्नै घरेलु मैदानमा ३-०गोल अन्तरले पराजित गरेको छ।

जित सँगै युभेन्टस समूह जीको बिजेता भएको छ भने बार्सिलोना उपविजेता भएको छ। घरेलु मैदानमा रोनाल्डो बिना खेलेको युभेन्टस २-० ले पराजित भएको थियो भने हिजो बार्सिलोनाको घरेलु मैदानमा उत्रिएको युभेन्टसलाई पहिलो हाफको १३ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका । त्यस्तै खेलको  २० औं मिनेटमा एमसी केन्नीले युभेन्टसका लागी दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए  । दोस्रो हाफको ५२ औं मिनेटमा रोनाल्डोले पुनः पेनाल्टी गोल गर्दै युभेन्टस जित हातमा पारेको छ ।  

६ खेलमा १५ अंक जोडेका दुवै टोलिमध्ये  हेड टु हेडको आधारमा युभेन्टस समूह विजेता बनेको छ भने बार्सिलोना उपविजेता भएको छ ।

समूह जी कै अर्को खेलमा युक्रेनी क्लब डिनामो किभले पेरेन्सभारोसलाई १-० ले पराजित गर्दै समूह चरणमा पहिलो जित हात पारेर तेस्रो स्थान हासिल गरेको छ । डिनामोका लागि घरेलु मैदानमा एक मात्र गोल पोपोभलले गरेका थिए  ।

यो पनि : च्याम्पियन्स लिग: लाइपजिग र पीएसजी अन्तिम १६मा, युनाइटेड बाहिरियो

यो पनि : ‘मेस्सीलाई कहिल्यै प्रतिद्वन्दीको रुपमा हेरिन’- रोनाल्डो

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु