Information is intelligence
HomeEconomyहाइड्राेपावर समूहकाे दिन फर्कियाे

हाइड्राेपावर समूहकाे दिन फर्कियाे

- Advertisement -spot_img

सेयर बजारमा नाफा बुक गर्नेहरु हावी देखिएका छन् । बजारका बाँकी समग्र सूचकहरु घटे पनि हाइड्रोपावर समूहमा भने तेजी देखिएको छ । यसतर्फ अरु समूह घटेका बेला थोरै भए पनि यस समूहले राहत दिएको छ । पछिल्ला दिनहरुमा राम्रोसँग बढेको बजारबाट नाफा बुक गर्नेहरु सक्रिय भएका र अरु लगानीकर्ताहरु पनि बजार तल झरेका बेला ‘पर्ख र हेर’को रणनीतिमा लाग्दा समग्र नेप्से सूचक दबाबमा परेको हो ।

सूचकसँगै खरिदबिक्री रकम पनि औसतमा घटेको छ । केन्द्रीय बैंकको मौद्रिक नीति समीक्षापछि बजार प्रभावित भएको हो । तथापि, केन्द्रीय बैंकका उच्च पदाधिकारीहरुले लगानीकर्ताहरुसँग छलफल नगरी बजारलाई प्रभावित गर्ने खालका नीतिनियम नल्याउने बताएका छन् । यसका बाबजुत पनि बजारको करेक्सन प्रवृत्ति रोकिएको छैन । छोटो समयमा बेस्सरी बढेकाले नेप्से सामान्य करेक्सनमा गएको भन्नेहरु पनि धेरै छन् ।

केही करेक्सनपछि बजार फेरि आफ्नो गतिमा फर्किनेछ । किन भने यो बुलिस ट्रेन्ड हो भन्ने अधिकांश विश्लेषकहरुको भनाई रहेको छ । प्राविधिक हिसाबले पनि बजारले विभिन्न चक्रहरु पार गर्ने गर्छ । सोही अनुसारको यो नियमित करेक्सन रहेको यस्ता विश्लेषकहरुको भनाई छ ।

एकैदिन ऐतिहासिक विन्दुले घटेको बजार लयमा फर्किन केही दिन लाग्नुलाई अस्वभाविक मान्न हुन्न भन्नेहरुको समूह पनि बजारमा भेटिन्छ । बजारमा यी र यस्तै विश्लेषणहरु जारी रहँदा लगानीकर्ता आफूले भने विवेकपूर्ण निर्णय गर्नुपर्छ । सकेसम्म लामो अवधि होल्ड गर्न सकेमा दिनहुँ हुने सानातिना करेक्सनबाट खासै चिन्ता लिनुपर्दैन । वित्तीय प्रणालीमा अधिक तरलता रहेको छ । ब्याजदर सस्तो छ । बैंकहरुले सस्तो ब्याजदरमा सेयर धितो कर्जा उपलब्ध गराइरहेका छन् । बजारको चक्रीय नियम अनुसार पनि यो बुलिस प्रवृत्ति नै रहेको विश्लेषणहरु भइरहेका छन् । यसर्थ, यस्तो बेला आम लगानीकर्ताले विवेक गुमाउनु हुँदैन ।

लगानी गरिने कम्पनीको नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, वितरणयोग्य नाफा, नेटवर्थ, कम्पनी सञ्चालक तथा व्यवस्थापन र भविष्यमा व्यवसाय विस्तारको सम्भावनालाई ख्याल गर्दै लगानीसम्बन्धी निर्णय लिन सक्नुपर्छ । नेप्से सूचक बुधबार ३९.६० अंकले घटेर १९५५.७५ विन्दुमा आइपुगेको छ । बजार १.९८% ले घटेको हो । २०१ कम्पनीको ४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

१० करोड ८ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । हाइड्रोपावरबाहेक बाँकी सबै समूहको सूचक घटेको छ । नारायणी डेभलपमेन्ट बैंक  र सान्जेन जलविद्युतको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले ५.५६% ले घटेको छ । खरिदबिक्री रकममा सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीको ४२ करोड ४२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु