Information is intelligence
HomeNewsथप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ५०७

थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ५०७

- Advertisement -spot_img

नेपालमा थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ ।

काठमाडौं उपत्यकामा थप ५०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। काठमाडौंमा ३९३, ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा १ हजार ४८३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४ जना मृत्यु भए सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६५१ पुगेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु