Information is intelligence
HomeUncategorizedप्रदेशसँग १८ हजार स्याउका बिरुवा माग

प्रदेशसँग १८ हजार स्याउका बिरुवा माग

- Advertisement -spot_img

हुम्लाको सिमकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारको भूमि, सहकारी तथा कृषि मन्त्रालयसँग १८ हजार स्याउका बिरुवा माग गरेको छ ।

हुम्लामा व्यावसायिक स्याउखेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भएपछि गाउँपालिकाले ठूलो सङ्ख्यामा प्रदेश सरकारसँग स्याउका बिरुवा माग गरेको हो । स्याउखेतीको बढी सम्भावना भएका हुम्लाका गाउँपालिकालाई प्रदेश सरकारले बिरुवा माग गर्न परिपत्र गरेपछि सिमकोट गाउँपालिकाले १८ हजार स्याउका बिरुवा माग गरेको गाउँपालिकाको कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले बताए ।

स्याउखेती गर्ने किसानको विवरण लिएर प्रदेशसँग ती बिरुवा माग गरिएको हो । अब प्रदेशले बजेट वा बिरुवा के पठाउँछ त्यो खोलिएको छैन । प्रदेश सरकारकाबाट स्याउ वा रकम जे आए पनि व्यावसायिक स्याउ खेती गर्ने किसानलाई सुविधा उपलब्ध हुने भएको उनले बताए ।  सिमकोट गाउँपालिकाका आठवटै वडा स्याउखेतीका लागि उपयुक्त भएको र किसानसँग बिरुवा मागका लागि निवेदन माग गरेको उनले बताए ।

गाउँपालिकाले कम्तीमा १०० बोट स्याउ लगाउने गरी निवेदन दिन किसानसँग आग्रह गरेको थियो । गाउँपालिकाले आफ्नो वार्षिक कार्यक्रमबाट पनि छ हजार स्याउका बिरुवा वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।रासस

यो पनि पढ्नुहोस्:

उखुको मूल्य बढाउन किसानको माग

आलुमा आत्मनिर्भर बनाउन बीउ वितरण

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु