Information is intelligence
HomeSportsरियलको जित, अन्तिम १६ मा प्रवेश

रियलको जित, अन्तिम १६ मा प्रवेश

- Advertisement -spot_img

युरोपियन च्याम्पियन्स लिगमा गएराती भएको खेलमा  रियल म्याड्रिडले मोन्चेनग्लाडबाक माथी २-० गोल अन्तरले जित हासिल पारेको छ।

घरेलु मैदानमा भएको खेलमा रियलको लागी दुबै गोल फरवार्ड करिम बेन्जीमाले हेड मार्फत गरेका थिए। जित संगै रियल समुह चरणको शीर्ष स्थानमा रहदै अन्तिम १६ मा प्रवेश गरेको छ । पहिलो हाफको ९ औं मिनेट र ३१ औं मिनेटमा  फरवार्ड करिम बेन्जीमाले हेड मार्फत गोल गरेका थिएभने दोस्रो हाफमा कुनै गोल हुन नसक्दा रियलले जित हात पारेको हो । ६ खेलमा १० अंक जोड्दै रियल समुहको बिजेता बनेको छ भने मोन्चेनग्लाडबाक  ६ खेलमा ८ अंक सहित समुहको उपविजेता हुदै अन्तिम १६ मा प्रवेश गरेको छ।

हिजोनै भएको ‌इन्टर मिलान र शख्तर् डोनेस्क बीचको खेल बराबरी हुदा दुवै टोलीले एक एक अंक बाँडेका छन् । योसंगै समुह चरणमा तेस्रो र चौथो स्थानमा रहेका दुवै टोलि युरोपियन च्याम्पियन्स लिगबाट बाहिरिएका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु