Information is intelligence
HomeEconomyमेराे शेयरकाे एपमा नयाँ सुविधा, एपबाटै आईपीओ भर्न सकिने

मेराे शेयरकाे एपमा नयाँ सुविधा, एपबाटै आईपीओ भर्न सकिने

- Advertisement -spot_img

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरो शेयरको एपमा सीआस्वा सेवा थप गरेकाे छ । सिडीएसले हिजाे (मंसिर २४ गते, बुधबार) राति एपमा सीआस्वा सेवा थप गरेको हो ।

एपमा याे सेवा थपिएसँगै लगानीकर्ताले अब एपबाटै आइपिओमा आवेदन दिन सक्ने भएका छन् । यसअघि एपबाट आइपिओमा आवेदन दिने सुविधा थिएन । लगानीकर्ताले मेरो शेयरको वेबसाइटबाट नै आइपिओमा आवेदन दिँदै आएका थिए ।

प्ले स्टोरमा गएर मेरो शेयरको एप अपडेट गरेपछि मात्र एपमा सीआस्वा सेवा थप भएको देखिन्छ ।

याे सेवाबाट लगानीकर्ताले अब मंसिर २९ गतेबाट निष्कासन हुन लागेकाे प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे आइपिओ एपबाट नै मज्जाले भर्न सक्ने भएका छन् ।

सीडीएससीले गत भदौमा ‘मेरो शेयर’ मोबाइल एप सार्वजनिक गरेको थियो । एप सार्वजनिक भए पनि आईपीओ भर्ने सुविधा भने रहेको थिएन ।

तर एपमार्फत लगानीकर्ताहरुले आफ्नो शेयर र त्यसको दैनिक मूल्य भने हेर्ने पाउने व्यवस्था गरिएको थियो । सीडीएससीले गुगल प्ले स्टोरमा परीक्षणका लागि बेटा भर्सनमा यो एप उपलब्ध गराइरहेको छ ।

अब एपमा ‘माई आस्वा’ सुविधा थपिएपछि लगानीकर्ताहरुले एपबाटै आईपीओ भर्नसक्ने सुविधा दिइएको सीडीएससीको भनाइ छ । सुरुमा यो एपमा ‘माई आस्वा’ सुविधा रहेको थिएन ।

अहिले पूँजी बजारमा अनलाइन प्रयोगकर्ता बढेका छन् । यो सुविधासँगै अब लगानीकर्ताहरुले ल्यापटप वा कम्प्युटर नखोलेर सोझै आफ्नै स्मार्टफोनबाट आईपीओ भर्न सक्ने भएका छन् ।

मोबाइल एपबाटै आईपीओ भर्न सकिने भएपछि अब सीडीएससीको ‘मेरो शेयर’ पोर्टलमा चाप घट्ने अनुमान गरिएको छ । यसअघि ठूलो संख्या आईपीओ भर्नेहरुले एकैपटक साइट खोल्दा आईपीओ भर्न समस्या हुँदै आएको थियो ।

अब त्यस किसिमको समस्या समाधान हुने सीडीएससीले आशा व्यक्त गरेको छ । मेरो शेयरको एन्ड्रोइड बेटा भर्सनमा रहेको एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु