Information is intelligence
HomePoliticsप्रधानमन्त्रीलाइ चुनाैति दिँदै के भने बाबुरामले ?

प्रधानमन्त्रीलाइ चुनाैति दिँदै के भने बाबुरामले ?

- Advertisement -spot_img

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारको छानविन गर्न चुनौती दिएका छन् ।

प्रधानमन्त्री ओली भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा इमान्दार नभएको आरोप लगाउँदै पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत भ्रष्टाचार नियन्त्रणमा इमान्दार हो भने यति, ओम्नी, सेक्युरिटी प्रिन्टिङ, वाइडबडी, बुढीगण्डकी लगायत सबै काण्डको निष्पक्ष छानवीन गर्न चुनौती दिएका हुन् ।

डा. भट्टराईले प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै गरेको भिडियो ट्विटरमा सेयर गर्दै प्रधानमन्त्री ओलीले भन्दै आएको ‘म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न’ भन्ने अभिव्यक्तिलाई लोक कथासँग तुलना गरेका छन् ।

‘सबैले सुनेको कथामा बालकले पुलिसलाई– ‘हाम्रा बाउ घ्याम्पामा लुकेका छैनन्’ भनेजस्तो सुनिदो रैछ,’ उनले लेखेका छन्, ‘साच्चै इमान्दार हो भने आजै यति, ओम्नी, सेक्युरिटी प्रिन्टिङ, वाइडबडी, बुढीगण्डकी लगायत सबै काण्डको निष्पक्ष छानवीन गरौं न त ! ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु