Information is intelligence
HomeSportsइटलीका फुटबल लिजेन्ड पाउलो रोस्सीको निधन

इटलीका फुटबल लिजेन्ड पाउलो रोस्सीको निधन

- Advertisement -spot_img

इटलीका फुटबल लिजेन्ड पाउलो रोस्सीको ६४ वर्षको उमेरमा निधन भएको छ । १९८२ मा इटलीले विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए, उनले यस विश्वकपमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट पनि जितेका थिए ।

इटालियन टिभी च्यानल राई स्पोर्टस्ले बिहीबार बिहानै रोस्सीको निधनको समाचार सार्वजनिक गरेको हो । यस टेलिभिजनमा उनी विज्ञका रुपमा काम गर्दै आएका थिए । टेलिभिजन प्रस्तोता इन्निरको भारियलीले भने, ‘निकै भयावह र दुखद् समाचार, पाउलो रोस्सीले हामीलाई छाडेका छन् ।’ यस समाचारलाई सामाजिक सञ्जालमार्फत रोस्सीकी पत्नी फेडेरिका केपिलेट्टीले पुष्टि गरेकी छिन् ।
यद्यपी रोस्सीको निधनको कारण भने अझै खुलेको छैन ।

यस समाचारलाई सामाजिक सञ्जालमार्फत रोस्सीकी पत्नी फेडेरिका केपिलेट्टीले पुष्टि गरेकी छिन् ।यद्यपी रोस्सीको निधनको कारण भने अझै खुलेको छैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु