Information is intelligence
HomeSportsटि–२० बरियतामा सन्दिप एक स्थान माथि, क-कसलाई पछि परे ?

टि–२० बरियतामा सन्दिप एक स्थान माथि, क-कसलाई पछि परे ?

- Advertisement -spot_img

काठमाडौं | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लेका छन् ।

आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुगेका छन् । उनले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि परेका छन् । जडेजा ८१ औँ स्थानमा छन् ।

यसअघिको बरियतामा लामिछाने ८१औँ स्थानमा थिए । चर्चित बलरहरु बेन स्टोक र कार्लोस ब्रेथवेट पनि नयाँ बरियतामा लामिछानेभन्दा पछाडि छन् । नयाँ बरियातामा ब्रेथवेट ८२ औँ स्थानमा तथा स्टोक ८५औँ स्थानमा रहेका छन् ।

लामिछानेले क्यारेवियन प्रिमियर लिग (सिपीएल) पछि कुनै पनि प्रतियोगिता खेलेका छैनन् । इन्डियन प्रिमियर लिग (आइपीएल) मा कुनै पनि खेल खेल्न नपाएका कारण लामिछानेको बरियतामा उल्लेख्य सुधार हुन नपाएको बताइएको छ ।

यो पनि पढ्नुहोस् :

गौतमबुद्ध कपको मिति तय, टोलीको नाम र खेलाडी सार्वजनिक

टेस्ट क्रिकेटको नयाँ वरीयता सार्वजनिक, स्मिथ शीर्ष स्थानमा यथावत

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु