Information is intelligence
HomeNewsहप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

- Advertisement -spot_img

हप्तामा २ दिन सार्वजनिक बिदा दिने विषयमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो ।

समितिले आर्थिक रूपले कर्मचारी र कार्यालय तथा संस्थाहरूको उत्पादकत्व समेत वृद्धि हुने तथा सरकारी खर्च कटौतीमा सहयोग पुग्ने बताउँदै २ दिन बिदा दिन सिफारिस गरेको हो ।

प्रतिवेदनमा भनिएको छ, ‘हप्तामा २ दिन सार्वजनिक बिदा कायम गर्दा आर्थिक रूपले कर्मचारी र कार्यालय तथा संस्थाहरूको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग हुने, सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गर्न सहयोग हुने देखिएको छ ।’

प्रतिवेदनकर्ता समेत रहेका मन्त्रालयका सहसचिव एवं समितिका सदस्य समेत रहेका कमलप्रसाद भट्टराईले छलफलका लागि प्रतिवेदन खुला गरिएको बताए ।

सोबारे अध्ययन गर्न गठित कार्यदलले २ दिन बिदा सकिने सिफारिस गरेपछि सो प्रस्ताव अब मन्त्रिपरिषदमा पेश गरिने छ।

यसबारे मन्त्रिपरिषद्ले निर्णय गरेपछि नेपालमा पनि हप्तामा दुई दिन बिदा बस्न पाइने छ।

यो पनि: ७७ जिल्लामा उच्च सुरक्षा सतर्कता बढाउन निर्देशन

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु