Information is intelligence
HomeShare Bazarपुन: लयमा फर्किने प्रयास गर्दै सेयर बजार

पुन: लयमा फर्किने प्रयास गर्दै सेयर बजार

- Advertisement -spot_img

साताको अन्तिम दिन आज (बिहिबार) पनि सेयर बजारमा  सामान्य सुधार देखिएको छ  । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ८.२७  अंकले बढेर  १९६४.०२ अंकमा पुगेको छ  । नेप्से ०.४२ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि २.३२ अंकले बढेर ३७४.०२ अंकमा पुगेको छ ।

कुल २ सय ४ वटा कम्पनीको ९८ लाख  ८३ हजार १९७  कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १४ करोड ६३ लाख २१ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमा १०  वटा उपसमूहकाे  सेयर  बढेको छ , भने बाँकी २ वटा उपसमूहको सेयर घटेको छ  ।
आज हाइड्रोपावर र विकास बैंक समुहको सेयर घटेको नेप्सेले जनाएको  छ।

त्यसैगरी कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक कारोबार गर्न सफल भएको छ  ।  कम्पनीले  ३७ करोड  ३२  लाख रुपैयाँ  बराबरको कारोबार गरेको छ  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु