Information is intelligence
HomeNews९ महिनापछि काठमाडौं र दिल्लीबीच हवाई उडान शुरु हुने

९ महिनापछि काठमाडौं र दिल्लीबीच हवाई उडान शुरु हुने

- Advertisement -spot_img

काठमाडौं | विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)संक्रमण त्रासका कारण ९ महिानदेखि बन्द नेपाल–भारत हवाई उडान ९ महिनापछि संचालनमा आउने भएको छ।

नेपाल र भारत सरकारबीच दुई देशका राजधानीबीच हवाई उडान पुन: शुरु गर्ने सहमति भएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।

दैनिक एक र एक उडान गर्ने गरी दुई देशबीच उडान सहमति भएको छ । नेपालबाट नेपाल एयरलाइन्सले उडान गर्ने छ ।

गत चैत महिनादेखि बन्द भएको काठमाडौं–दिल्ली हवाई उडान पुस २ गतेदेखि आंशिक रुपमा सञ्चालन हुने भएको हो। नेपालले डेढ साता अघि पठाएको सम्झौताको भारतले बिहीबार जवाफ पठाउँदै पुस २ गतेदेखि उडान थाल्ने जानकारी दिएको छ।

भारतले नियमित उडान नहुँदा उपचार, अध्ययन, व्यापारका लागि आउजाउ गर्न गाह्रो परेका नेपाली र भारतीय नागरिकलाई सेवा दिने उद्देश्यले यो सम्झौता नेपाली दूतावासमा पठाएको थियो।

यो पनि :

नेपाल एयरलाइन्सलाई हङकङ उडानमा चौथो पटक प्रतिबन्ध

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु