Information is intelligence
HomePoliticsकमानसिंह लामाको घरायसी मामिलासँग जोडेर मलाई बदनाम गराउन खोजियो: नारायणकाजी

कमानसिंह लामाको घरायसी मामिलासँग जोडेर मलाई बदनाम गराउन खोजियो: नारायणकाजी

- Advertisement -spot_img

काठमाडौं | सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट आन्दोलनको भ्रष्टीकरणविरुद्ध लाग्दा आफूलाई नियोजित रुपमा फसाउन खोजिएको बताएका छन्।

उनले कमानसिंह लामाको घरायसी मामिलासँग जोडेर आफूलाई बदनाम गराउन खोजिएको पनि बताएका छन् । कम्युनिस्ट आन्दोलन र नेपाली राजनीतिभित्र भ्रष्टाचारविरोधी आन्दोलनको अगुवाइ गरिरहेकाले त्यसलाई कमजोर बनाउन नियोजितरूपमा षड्यन्त्र गरिएकोरूपमा आफूले बुझेको उनले बताए ।

कम्युनिस्ट नेता कमानसिंह लामाको मृत्युपछि बाहिरिएको अडियाे/भिडियाे सामग्रीका विषयमा श्रेष्ठ विवादित भएका छन्।

आर्थिक लेनदेनमा आफ्नो कुनै संलग्नता नभएको बताउँदै श्रेष्ठले दुई पक्षलाई मिलाउन सहजीकरण मात्रै गरेको दाबी गरे। स्रोतका अनुसार यो सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माणधीन याम्बालिङ जलविद्युत् परियोजनाको सेयर मिलानको प्रसङ्ग हो ।

यो पनि पढ्नुहोस्:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु