Information is intelligence
HomeInternationalटाइम म्यागजिनको ‘वर्ष व्यक्ति’ मा जो बाइडेन र कमला ह्यारिस छनोट

टाइम म्यागजिनको ‘वर्ष व्यक्ति’ मा जो बाइडेन र कमला ह्यारिस छनोट

- Advertisement -spot_img

एजेन्सी– अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई ‘टाइम म्यागजिन’ ले सन् २०२० को वर्ष व्यक्तिमा छनोट गरेको छ।

यो पनि: गजनी बाइडेन, हरेक पाँच मिनेटमा उनको दिमाग खुस्किन्छ,एक वर्ष टिक्न सक्दैनन् :कंगना रणावत

गत ७ नोभेम्बरमा भएको निर्वाचनमा बाइडेनले डोनाल्ड ट्रम्पलाई पराजित गर्दै एक कार्यकालमात्रै राष्ट्रपति हुने व्यक्तिमा सीमित गरिदिएका थिए भने कमला ह्यारिस पहिलो महिला, पहिलो अश्वेत तथा पहिलो दक्षिण एशियाली मूलको उपराष्ट्रपति बन्न सफल भएकी छन्।

यस्तै, कोरोनाकालमा निकै प्रचलनमा रहेको भिडियो च्याट सेवा ‘जुम’ का प्रमुख कार्यकारी एरिक युआन ‘बिजनेस पर्सन अफ दि इयर’ भएका छन्। गार्जियन अफ दि एयरमा आस्सा ट्राओर, पोर्चे बेनेट बे र डा. एन्थोनी फौसी चयन भएका छन्।

टाइम पत्रिकाले सन् १९२७ देखि वर्षव्यक्ति छनोट गर्न सुरु गरेको थियो। सुरुमा यसलाई ‘म्यान अफ दि इयर’ भनिएकोमा पछि ‘पर्सन अफ दि इयर’ भन्न थालिएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु