Information is intelligence
HomeInternationalबाइडेनको जित अस्विकार गर्दै ट्रम्पले हालेको मुद्धामा सर्वोच्चले यसो भन्यो

बाइडेनको जित अस्विकार गर्दै ट्रम्पले हालेको मुद्धामा सर्वोच्चले यसो भन्यो

- Advertisement -spot_img

अमेरिका : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनको मत परिणामलाई अस्विकार गर्दै दायर गरेका मुद्धा खारेज भएको छ। अमेरिकाको सर्वोच्च अदालतले मुद्धाहरुमा पर्याप्त प्रमाण र आधार नभएको भन्दै शुक्रबार ती मुद्धा खारेज गरिदिएको हो।

प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा खारेज गर्न उनले गरेको मागलाई अदालतले अस्विकार गरिदिएको छ। जर्जिया, मिशिगन, पेन्सिल्भानिया र विस्कन्सिन राज्यको नतिजालाई अमान्य घोषणा गर्न यसै साता मुद्दा दायर गरिएको थियो।

अदालतको यो आदेशले राष्ट्रपति ट्रम्पलाई फेरि अर्को धक्का दिएको छ। उनले गत नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका छन्। त्यसप्रति असन्तुष्टि जनाउँदै उनले विभिन्न राज्यका अदालतमा मुद्धा दायर गरेका थिए। ती अदालतले पनि ट्रम्पको मागलाई अस्विकार गर्दै आएकोमा सर्वोच्च अदालतले पनि त्यसैसँग मिल्ने निर्णय गरेको हो।

प्रतिश्पर्धी जो बाइडेनले निर्वाचनमा जित हासिल गर्ने संकेत देखिए लगत्तै उनले नतिजा अस्विकार गर्ने संकेत गरेका थिए। सबै अदालतहरुले उनको मागलाई अस्विकार गरेपछि पद हस्तान्तरण गर्नुको विकल्प उनीसँग छैन। उनले आगमी जनवरी २० तारिखका दिन राष्ट्रपतिमा नवनिर्वाचित वाइडेनलाई पद हस्तान्तरण गर्नु पर्नेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु