Information is intelligence
HomeEconomyअपि पावरकाे लिलामी शेयर बिक्री खुला हुने

अपि पावरकाे लिलामी शेयर बिक्री खुला हुने

- Advertisement -spot_img

अपि पावरको पुस ६ गतेदेखि सर्वसाधारण समूहको १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामी बिक्री खुला हुने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद पुस १३ गतेसम्म तोकिएको छ । यसअघि कम्पनीले ५६ लाख ७० हजार कित्ता (४७%) हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, विर्तामोड, वीरगन्ज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगन्ज, धनगढी, सुर्खेत र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ ।

हाल यसको चुक्ता पुँजी १ अर्ब ९ करोड ७ लाख रुपैयाँ रहेको छ । हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बिक्री भएपछि चुक्ता पुँजी १ अर्ब ७५ करोड भन्दा धेरै हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु