Information is intelligence
HomeShare Bazarसेकेण्डरी मार्केटमा प्रवेश गर्न के गर्ने ?

सेकेण्डरी मार्केटमा प्रवेश गर्न के गर्ने ?

- Advertisement -spot_img

नेपालमा अहिले शेयर मार्केटमा लगानीकर्ताहरूकाे आकर्षण बढ्दाे छ । थाेरै लगानीमा राम्राे प्रतिफल प्राप्त गर्नका लागि लगानीकर्ताहरू याे क्षेत्रमा आकर्षित भैरहेका छन् । हालैमात्र नेप्सेले इतिहासकै सबैभनदा उच्च अंक छाेएर नयाँ किर्तिमान कायम गरेकाे छ ।

याे सबै दृश्यहरू प्रत्यक्ष रूपमा महसुस गरेका प्राथमिक बजारका लगानीकर्ताहरू पनि दाेश्राे बजारमा छिर्न उत्साहित देखिएका छन् । तर सबैलाइ दाेश्राे बजारमा प्रवेश गर्न आवश्यक जानकारीकाे अभाव भैरहेकाे छ । हामीले उनीहरूकाे सहयाेगकाे लागि दाेश्रा बजारमा प्रवेश गर्नका लागि के के कुराहरू चाहिन्छ भनेर जानकारीमूलक लेखमार्फत जानकारी गराउन प्रयास गरेका छाैँ ।

कसरी प्रवेश गर्ने दाेश्रा बजारमा ?

  • सबैभन्दा पहिले बैंक अकाउन्ट खाेल्ने
  • सम्बन्धित बैंकमा डिम्याट अकाउन्ट खाेल्ने
  • मेराे शेयर अकाउन्ट खाेल्ने

नेपालमा सबै कम्पनीहरूले आइपिओ बाँडफाँड गरिसकेपछि केहि दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचिकृत हुने गर्छन् । यसरी नेप्सेमा सूचिकृत भएपछि दाेश्राे बजारमा शेयर किनबेच गर्न पाइन्छ ।

सेकेण्डरी मार्केटमा छिर्नका लागि आवश्यक कुराहरू

ब्राेकर अकाउन्ट (अनलाइन , अफलाइन )

नेपाल स्टक एक्सचेन्ज काे नियम अनुसार नेपालमा  दाेश्राे बजारमा काराेबार गर्नका लागि ब्राेकरकाे माध्यम बाट मात्र गर्न मिल्ने भएकाले याे अनिवार्य गरिएकाे छ ।

ब्राेकर अकाउन्ट कसरी खाेल्ने ?

  • ब्राेकर अफिसमै गएर
  • अनलाइनकाे सहायताबाट

www.nepsetms.com मा गएर त्यहाँ लिस्टेड ब्राेकरहरूकाे वेभसाइटमा गएर अनलाइन ब्राेकर अकाउन्ट खाेल्न सकिन्छ ।

ब्राेकर अकाउन्ट भैसकेपछि काेलाटेलर डिपाेजिट गर्नुपर्ने हुन्छ । जसकाे लागि कनेक्ट आइपिएस मार्फत अथवा अन्य तरिकाहरू पनि अपनाउन सक्नुहुन्छ ।

Note: तपाइँकाे बैंक अकाउन्ट छ र तपाइँकाे बैंकले अनलाइन डिम्याट खाेल्न मिल्ने गरि सुविधा प्रदान गरेकाे छ भने विदेशबाट पनि तपाइँले शेयर काराेबार गर्न सक्नुहुन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु