Information is intelligence
HomeNewsथप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि

थप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३४८ कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये सबैभन्दा धेरै काठमाडौंमा २५८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरमा ६५ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १५ सय जना डिस्चार्ज भएक छन् । यससँगै हालसम्म निको हुनेहरुको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ ।

सक्रिय संक्रमित १० हजार ९ सय ९४ रहेका छन् । पीसीआर परीक्षण हालसम्म कुल १८ लाख ३१ हजार ४१ भएको छ ।  देशभर ५ सय १६ जना क्वारेन्टीनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ जना व्यक्तिको  मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १६ सय ९८ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु