Information is intelligence
HomeEconomyप्रभु लाइफकाे आईपीओ बिक्री खुला,एप्लिकेशनबाटै आवेदन दिन सकिने

प्रभु लाइफकाे आईपीओ बिक्री खुला,एप्लिकेशनबाटै आवेदन दिन सकिने

- Advertisement -spot_img

प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ बिक्रीमा ल्याएको छ। मंसिर २९ गतेदेखि कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको हो।

कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओमा छिटोमा पुस २ गतेसम्म र ढिलाेमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले केयरएनपी–आइआर बीबी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउछ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

मेराे शेयरकाे एपबाट पनि आवेदन दिन मिल्ने

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन्। भर्खरै अपग्रेड भएकाे मेराे शेयरकाे एपमा सिआस्वा सेक्सन थप गरि आवेदन दिन मिल्ने बनाइएकाे हाे ।

अब उप्रान्त निष्कासन हुने आइपिओहरूमा याे एपकाे प्रयाेग गरि आवेदन दिन सकिने सिडिएससिले जनाएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु