Information is intelligence
HomePolitics‘व्यवस्था र सरकार विरोधी गतिविधि मृगतृष्णा मात्रै’: गृहमन्त्री थापा

‘व्यवस्था र सरकार विरोधी गतिविधि मृगतृष्णा मात्रै’: गृहमन्त्री थापा

- Advertisement -spot_img

काठमाण्डौं | गृहमन्त्री रामबहादुर थापाले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको बताएका छन् ।

प्रेस सङ्गठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटबाट संविधानविरोधी शक्ति व्यवस्था  र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगे पनि  तिनको सपना पूरा नहुने स्पष्ट गरे।

नेपाली जनताले उनीहरुको सपना कदापि पूरा हुन नदिने उनको भनाइ थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य थापाले पार्टीभित्रको अन्तरविरोध स्वाभाविक प्रक्रिया भएको बताउँदै भने, “यो मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ गर्छ ।”

अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने विश्वास उनले व्यक्त गरे।रासस

यो पनि पढ्नुहोस्:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु