Information is intelligence
HomeSportsआर्सनलको लगातार तेस्रो हार

आर्सनलको लगातार तेस्रो हार

- Advertisement -spot_img

प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल १-० गोल अन्तरले बर्नलि संग आफ्नै घरेलु मैदानमा पराजित भएको छ ।

आर्सनलले प्रिमियर लिगमा अघिल्लो चार खेलमा ३ मा हार र १ बराबरी खेलेको छ। गएराती भएको खेलमा पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो । दोस्रो हाफको ५८ औं मिनेटमा आर्सनलका जाकाले रातो कार्ड खाएर मैदानबाट निस्किएका थिए । १० खेलाडीमा सिमित रहेको आर्सनल ७३ औं मिनेटमा अबुमियांगको आत्मघाती गोलबाट  हार बेहोर्न बाध्य बनेको हो।

हारसंगै आर्सनल १२ खेलमा १३ अंक सहित पुछारबाट छैटौ स्थानमा छ भने बर्नलि ११ खेलमा ९ अंक सहित पुछारबाट चौथो स्थानमा छ ।

यो पनि :

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु