Information is intelligence
HomePoliticsकमजोर छ भनेर नजिस्क्याइयोस्, कांग्रेस सुतेको बाघ हो: प्रवक्ता शर्मा

कमजोर छ भनेर नजिस्क्याइयोस्, कांग्रेस सुतेको बाघ हो: प्रवक्ता शर्मा

- Advertisement -spot_img

हेटौँडा | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस सुतेको बाघ भएकाले नजिस्काउन सरकारलाई चेतावनी दिएका छन्।

सरकारविरुद्ध कांग्रेसले आयोजना गरेको विरोधसभालाई मकवानपुरको हेटौँडामा सम्बोधन गर्दै प्रवक्ता शर्माले भने,‘सुतेको बाघलाई जिस्काउने प्रयत्न नगर। कांग्रेस पनि त्यस्तै हो। कांग्रेसलाई जिस्काउने प्रयत्न नगर्नुस्।’ उनले भने, “कांग्रेस कमजोर छ भनेर नजिस्क्याइयोस्।”

उनले सरकारले गरेको भ्रष्टाचार, अनियमितता र दमनविरुद्ध केन्द्रीय कार्यालयबाट दिएको वक्तव्यले नपुगेर आफूहरु सडकमा उत्रिएको बताए।

सरकार महामारीमा के गर्दै छ भने जनतालाई जानकारी गराउन र जागरुक बनाउन कांग्रेस सडकमा आएको उनको भनाइ छ। शर्माले सरकारका गतिविधि विरुद्ध अब संसदबाट पनि दबाब दिइने बताए। ‘जनता कोरोनाको मारमा छ। सरकार सत्ताको जित हारमा छ। त्यसैले हामी सरकारलाई सच्याउनका निम्ति सडकमा उत्रिएका हौं,’ उनले भने।

प्रवक्ता शर्माले के जनता मगर्दै गर्दा बालुवाटारमा यस्तै सत्ताको लडाइ होस् भनेर मत दिएको हो भनेर युवाहरुलाई प्रश्न पनि गरेका छन्। ‘म सोध्न चाहन्छु- एमालेलाई मत दिने, माओवादीलाई मत दिने युवा साथीहरु हो। तपाईंको दाहिने हात छातीमा राखेर एक पटक अन्तरआत्मालाई सोध्नुस्– के जनता मर्दै गर्दा बालुवाटारमा यस्तै लडाइ होस् भनेर मत घाममा लाम लागेर दिनु भएको हो?,’ उनको प्रश्न थियो।

नेपाली नागरिक रोग र भोगबाट मरिरहे पनि सरकार मौन रहेको बताए। उनले सरकारले कालीगण्डकी आयोजना र स्वास्थ्य सामग्री खरिदमा व्यापक भ्रष्टाचार गरेको आरोप लगाए।

जनतामा वितृष्णा बढेको बेला कांग्रेस सडकमा आएको भन्दै उनले सरकार बाहिर भए पनि जनताको हितमा नै कांग्रेस अघि बढ्ने बताए। उनले अहिलेको अवस्थामा कांग्रेस सरकारमा नजाने स्पष्ट पारे।

यो पनि पढ्नुहोस्:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु