Information is intelligence
HomePoliticsआफैलाई बचाउन नसकेका राजाले कसरी जनतालाई बचाउन सक्छन्: गगन थापा

आफैलाई बचाउन नसकेका राजाले कसरी जनतालाई बचाउन सक्छन्: गगन थापा

- Advertisement -spot_img

धनगढी | नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रिय सदस्य गगन थापाले पंचायतकालमा मुर्ति बेचेर खाने मण्डलेले धर्म बचाउन सक्छन भनेर बिश्वास नगर्न आग्रह गरे  र आफैलाई बचाउन नसकेका राजाले कसरी जनतालाई बचाउन नसक्ने तर्क पनि राखे ।

सोमबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भएको बिरोध सभामा सम्बोधन गर्दै हिन्दुराष्ट्र र राजसंस्थाका पक्षेमा पछिल्लो समय देशभर भईरहेको प्रर्दशनलाई लक्षित गर्दै थापाले युवाहरुलाई भने-‘राजाका पक्षेमा सडकमा निस्कनु युवाको अधिकार हो तर पंचायतकालमा मुर्ति बेचेर खाने मण्डलेले धर्म बचाउन सक्छन भनेर बिश्वास नगर्नुहोस ।’

यो पनि : महारानी शीतल निवासबाट आँखा नझिम्क्याइ बक्सियोस्, चुनाब लडन तयार होइबक्स्योस्: थापा

उनको भने, “आफैलाई बचाउन नसकेका राजाले कसरी जनतालाई बचाउन सक्छन्?”

उनले अहिले दलहरुले गरिरहेका गल्तीको खबरदारी गरि सच्चाउन लगाउनु पर्ने तर राजा आउ भनेर पछि नलाग्ने युवाहरुलाई आग्रह गरे ।

‘राजा आऊ, देश बचाऊ’ भन्नेहरुलाई उनले भने, २०५९ सालमा राजाकै कारण आन्दोलनामा लाग्नुपरेको पनि बताए।

यो पनि : कमजोर छ भनेर नजिस्क्याइयोस्, कांग्रेस सुतेको बाघ हो: प्रवक्ता शर्मा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु