Information is intelligence
HomeSportsच्याम्पियन्स लिग: 'ड्र' सार्वजनिक, बार्सिलोना र पीएसजी भिड्दै

च्याम्पियन्स लिग: ‘ड्र’ सार्वजनिक, बार्सिलोना र पीएसजी भिड्दै

- Advertisement -spot_img

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रि-क्वाटरफाइनलको ‘ड्र’ सार्वजनिक भएको छ । यूईएफएले सोमबार अन्तिम १६ को ‘ड्र’ सार्वजनिक गरेको हो ।

सार्वजनिक ‘ड्र’ अनुसार स्पेनिस क्लब बार्सिलोनाले क्वाटरफाइनल प्रवेशका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ ।

साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब लाजियोसँग खेल्नेछ । स्पेनको रियल मड्रिडले इटालीको एट्लान्टासँग खेल्दा बोरुसिया डर्टमण्डले सेभियासँग खेल्नेछ ।

इंग्लिस क्लब लिभरपुलले जर्मनीको आरबी लाइपजिगसँग खेल्नेछ । त्यस्तै इटालीको युभेन्ट्सले पोर्चुगिज क्लब पोर्टोसँग खेल्दा चेल्सीले एट्लेटिको मड्रिडसँग खेल्नेछ । म्यानचेस्टर सिटीले बोरुसिया मोन्चेनग्लाडवाकसँग खेल्नेछ ।

अन्तिम १६ अन्तर्गतको पहिलो लेग खेल फेब्रुवरी १६,१७,२३ र २४ मा हुनेछ ।

त्यस्तै दोस्रो लेग मार्च ९,१०,१६ र १७ मा हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु