Information is intelligence
HomeEconomyप्रभुकाे आइपीओमा पहिलो दिनमै यसरी ओइरियाे आवेदन

प्रभुकाे आइपीओमा पहिलो दिनमै यसरी ओइरियाे आवेदन

- Advertisement -spot_img

प्रभु लाइफ इन्सुरेन्सको आइपीओमा पहिलो दिनमै ८६ करोड ३२ लाख रुपैयाँ बराबरको आवेदन परको छ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार साँझ ५ बजेसम्ममा २ लाख ७६ हजार जनाले ८६ लाख ३२ हजार कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५४ लाख कित्तालाई आधार मान्दा १.५९ गुणा बढी आवेदन हो ।

प्रभु लाइफले आज सोमबार (मंसिर २९ गते) बाट आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५४ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ ।

न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । लगानीकर्ताले मेरो सेयरमार्फत पनि सेयर भर्न सक्नेछन् । सथै, मेरो सेयरको मोबाईल एपमार्फत पनि आइपीओ भर्न सकिने सीडीएसले जनाएको छ । प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु