Information is intelligence
HomePoliticsसंवैधानिक परिषदको बैठकमा काँग्रेस सभापति देउवा नजाने

संवैधानिक परिषदको बैठकमा काँग्रेस सभापति देउवा नजाने

- Advertisement -spot_img

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजेलाई बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा उपस्थित नहुने भएका छन् । मंगलबार नै बिहान बोलाइएको बैठक सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि स्थगीत भएको थियो ।

आज राष्ट्रपतिले जारी गरेको अध्यादेशमाथि कडा प्रतिक्रिया जनाउँदै काँग्रेसले बैठकमा प्रतिपक्षी दलको उपस्थिति नहुने जनाएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउसो नै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी छन् । ६ सदस्यीय परिषद्को बैठकको गणपुरक संख्या अध्यादेशले घटाएको छ । बिहानको बैठकमा भाग लिन पुगेका भए पनि अध्यादेश जारी भएपछि उत्पन्न परिस्थितिका कारण साँझको बैठकमा देउवा उपस्थित नहुने उनका स्वकीय सचिव भानु देउवाले बताए ।

उनले संसद अधिवेशनका लागि १९ दिन बाँकी रहँदा संसद छलेर अध्यादेश ल्याइनुलाई अराजनीतिक गतिविधि भएको समेत टिप्पणी गरे। ‘प्रधानमन्त्रीको राजनीतिक नियतमाथि प्रश्न गर्नुपर्ने भएको छ,’ काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

यो पनि पढ्नुहोस्:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु