Information is intelligence
HomeNewsबागमती प्रदेशकै पहिलो नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन

बागमती प्रदेशकै पहिलो नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन

- Advertisement -spot_img

नेपाल सरकारको रणनीतिअनुसार बागमती प्रदेशकै पहिलो नागरिक आरोग्य सेवा केन्द्रको रुपमा चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १४ मा निर्माण गरिएको नागरिक आरोग्य सेवा केन्द्रको आज उद्घाटन भएको छ।

केन्द्रकाे उद्घाटन एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि तथा १४ नम्बर वडाका वडाध्यक्ष ओमप्रसाद पाेखरेलले गरेका हुन् ।

कार्यक्रममा  विशिष्ट आतिथ्यता भरतपुर महानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख  दिपक सुवेदीले ग्रहण गरेका थिए भने सभापतित्व चितवन जिल्ला आयुर्वेद अस्पताल प्रमुख डा. काेपिला अधिकारीले ग्रहण गरेकी थिइन् ।

प्रमुख अतिथि पाेख्रेलले आयुर्वेद सेवा स्थानीय सेवाग्राहीकाे राेजाइमा पर्दै गएकाे बताउँदै ५० शैय्याकाे प्रादेशिक आयुर्वेद अस्पताल निर्माणका लागि शिवनगरमा जग्गा छुट्याइसकेकाे र छिटै नै अस्पताल निर्माण कार्य अघि बढाइने बताएका छन् ।

कार्यक्रमका विशिष्ट अतिथि दिपक सुवेदीले आयुर्वेद सेवाकाे निरन्तरताका लागि महानगरपालिकाबाट आवश्यक सहयाेग हुने बताए ।

कार्यक्रममा नागरिक आराेग्य सेवा केन्द्रका लागि नवनियुक्त डा.सविना खड्काले स्वागत मन्तव्य राखेकी थिइन् । प्राथमिक स्वास्ग्य केन्द्र ,शिवनगरका प्रमुख डा.विवेक पाैडेलले एकै छानामुनी आयुर्वेद र एलाेपेथिक सेवा प्रदान गर्नाले सेवाग्राहीलाइ सहज हुने बताए ।

कार्यक्रममा सहभागी भएका जनप्रतिनिधी प्रकाश गुरूङले सेवा सुचारू हुनु राम्राे भएकाे तर सेवाकाे निरन्तरता भने सुनिश्चित हुनुपर्ने बताए ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवन का प्रमुख डा कोपिला अधिकारी ले विगतको अनुभवले प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा प्रभावकारी पाइएको बताउनुका साथै आगामी दिनमा विभिन्न रोग हरु  अम्लपित्त, कब्जियत, पिनास छालाको रोग, स्त्री रोग, बाथरोग, पाइल्स, मधुमेह, उच्च रक्तचाप लगायतका नसर्ने रोग व्यवस्थापन का लागि आयुर्वेद सेवा प्रदान गरिने पनि बताइन् ।

चितवनमा रहेका चार वटा सेवा केन्द्रमध्ये आज भरतपुर नगरपालिकामा रहेको सेवा केन्द्रको उद्घाटन गरिएकाे चितवन जिल्ला आयुर्वेद प्रमुख डा.कोपिला अधिकारीले बताइन्।

चितवनका अन्या सेवा केन्द्रहरु खैरेनी नगरपालिका , कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि क्रमशः पुस २,४ र ५ गते उद्घाटन गरिने डा.अधिकारीले जानकारी दिइन्।

सेवाकेन्द्रबाट नागरिकहरूले आयुर्वेदका विभिन्न उपचारहरु स्थानीय तहमा नै प्राप्त गर्न सक्नेछन्। सामान्य स्वास्थ्यजाँच लगायतका सेवाहरु नि:शुल्क रुपमा प्राप्त हुनेछन् भने अन्य सेवाहरु केही सशुल्क र केही निशुल्क हुने डा.अधिकारीले बताइन्।

अन्य सेवाहरूमा दुखाई व्यवस्थापन का लागि स्नेहन (मालिस गर्ने), स्वेदन (सेक्ने) ,घुँडा दुखेकोमा जानु वस्ति, ढाड दुखेकोमा कटि वस्ति लगायतका सेवा प्रदान गरिने साथै तनाव व्यवस्थापनका लागि   स्टीम बाथ, शिरोधारा साथै जिवनशैली व्यवस्थापन का लागि योग, प्राणायामलगायतका सेवाहरू प्रदान गरिनेछन् । पिनास, नाकको एलर्जी का लागि नश्य चिकित्सा पनि केन्द्रबाट पाइने डा.अधिकारीले बताइन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु