Information is intelligence
HomeEconomyपुसको पहिलो दिन आज सुनको मूल्य बढ्यो

पुसको पहिलो दिन आज सुनको मूल्य बढ्यो

- Advertisement -spot_img

सुनको मूल्य बुधबार(आज) बढेको छ । सुन तोलामा ८ सय रुपैयाँ बढेको छ ।

बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार १ सय रहेको छ । मंगलबार सुन तोलामा एक सय रुपैयाँ घटेर तोलाको ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । ​

यस्तै आज चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी बुधबार तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य मंसिर महिना तोलामा २८ सय रुपैयाँ घटेको छ । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप बनेको खबर सार्वजनिक भएपछि सुनचाँदीको मूल्य घट्न थालेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु