Information is intelligence
HomeSportsप्रिमियर लिगमा आज ६ खेल हुँदै

प्रिमियर लिगमा आज ६ खेल हुँदै

- Advertisement -spot_img

ईङ्लिस प्रिमियर लिग फुटबलमा आज राति ६ खेल हुदैछन् ।

आज हुने खेलमा एभरटनले लेस्टरको सामना गर्ने छ । लेस्टर १२ खेलमा २४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ भने एभरटन १२ खेलमा २० अंक सहित आठौँ स्थानमा छ । लेस्टरको घरेलु मैदानमा हुने खेल आज राति ११:४५ मा हुनेछ ।

आजनै हुने अर्को खेलमा न्युक्यास्टलले लीड्स युनाईटेडको सामना गर्नेछ । लीड्स युनाईटेड १२ खेलमा १४ अंक सहित तालिकाको चौधौं स्थानमा छ भने न्युक्यास्टल ११ खेलमा १७ अंक सहित तालिकाको तेरौं स्थानमा छ । लीड्स युनाईटेड घरेलु मैदानमा हुने खेल आज राति ११:४५ मा हुनेछ ।

लगातर हार बेहोरी रहेको आर्सनल आज आफ्नै घरेलु मैदानमा साउथह्यामटनको सामना गर्ने छ । १२ खेलमा १३ अंक जोडेको आर्सनल तालिकामा पुछारबाट छैटौं स्थानमा छ भने साउथह्यामटन १२ खेलमा २३ अंक सहित तालिकाको चौथौं स्थानमा छ। आर्सनलको घरेलु मैदानमा हुने खेल आज राति ११:४५ मा हुनेछ ।

टोटेनहमले आज  साबिक बिजेता लिभरपुलको सामना गर्नेछ । १२ खेलमा २५ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको टोटेनहमले १२ खेलमा २५ अंक सहित गोलअन्तरले दोस्रो स्थानमा रहेको लिभरपुलको सामना गर्नेछ। लिभरपुलको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार आज राति १:४५ मा हुनेछ ।

आजनै हुने अन्य २ खेलमा  क्रिस्टल प्यालेसले वेस्टह्यामको सामना गर्नेछ भने ब्रिंगटनले फुलहमको सामना गर्नेछ । खेल नेपाली समय अनुसार आज राति १:४५ मा हुनेछ ।

यो पनि :

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु