Information is intelligence
HomeNewsतेस्रो राष्ट्रिय झण्डा दिवस मनाइयो

तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइयो

- Advertisement -spot_img

काठमाडाैं | तेस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा, मेरो पहिचान भन्ने नाराका साथ बुधबार तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइएको हो । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल, श्रद्धावान नेपाल, राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालको आयोजनामा राष्ट्रिय झण्डा दिवस मनाइएको हो । प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।

उनीहरुले राष्ट्रिय झण्डा दिवसका अवसरमा काठमाडौको माइतीघर मण्डलामा र्‍यालीको समेत आयोजना गरेका थिए ।

विश्वमा नेपाललाई चिनाउने झण्डालाई नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले तीन वर्षअघिदेखि नेपालमा डिसेम्बर १६ मा यो दिवस मनाउन थालिएको हो । सन् १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रुपमा नेपाली राष्ट्रिय झण्डाको रुपमा स्थापना गरिएको दिनको सम्झनामा दिवस मनाउन सुरु गरिएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु