Information is intelligence
HomeEconomyनेप्से सामान्य करेक्सन हुँदा माइक्राेफाइनान्समा उछाल

नेप्से सामान्य करेक्सन हुँदा माइक्राेफाइनान्समा उछाल

- Advertisement -spot_img

सेयर बजारमा बुधबार पनि सामान्य करेक्सन देखिएको छ । बजार खुल्दा केही रौनकता देखिए पनि विस्तारै बिक्रीकर्ता हावी भएका थिए । अल्पकालमा नाफा बुक गरेर बसेकाहरु ‘पर्ख र हेर’को अवस्थामा लाग्दा बजार सुस्त भएको हो । यसअघि मंगलबार पनि सूचकमा सामान्य करेक्सन देखिएको थियो । गत बिहीबार, आइतबार र सोमबार भने सूचकमा तेजी आएको थियो । त्यसपछि दुई दिन सामान्य करेक्सन भएको हो ।

समग्र सूचकमा ह्रास आएपछि विशेषगरी माइक्रोफाइनान्समा भने चमक देखिएको छ । यस समूहको सूचक २.३४% ले वृद्धि भएको छ । कुल १२ मध्ये ७ समूहको सूचक हरियो बनेको छ । खरिदबिक्री रकम औसतमा देखिएको छ । अघिल्ला दिनहरुको तुलनामा घटेको भए पनि ५ अर्बभन्दा बढीको कारोबार भएकाले औसतमा नराम्रो भने देखिंदैन । पछिल्लो समय छिटोछिटो बढेको बजार अहिले केही सुस्त देखिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु