Information is intelligence
HomeEntertainment & Artsबलेले गरिमालाई लाइदेउ माया भनेपछि

बलेले गरिमालाई लाइदेउ माया भनेपछि

- Advertisement -spot_img

काठमाडौं पुष -१ | अहिलेका चर्चित गायक प्रबिण बेडवाल  तथा गायीका समिक्षा अधिकारीको सुमधुर आवाजमा सजिएको गीत “लाइदेउ माया” करुणा कंडेल को निर्माण रहेको म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट यू-टुब च्यानल मार्फत आज सार्वजनिक गरिएको छ।

यस गीतमा शब्द गणेश उप्रेती को रहेको छ भने संगीत सम्योजन पुरुशोत्तम न्यौपाने ले गरेका छन्  ! गीतमा प्रखर अभिनयले खारिएका कलाकार द्वय सागर लम्साल ‘बले’  र गरिमा शर्माका साथै गीतकार गणेश उप्रेतीको पनि जोडदार अभिनय रहेको छ ।  म्युजिक भिडियो को निर्देसन र सम्पादन शक्ती प्रज्वल घिमिरे गरेका छन् भने कथा तथा कोरियोग्राफर मा प्रबिन थापा छन् । भिडियोलाई छयांकन नवराज घिमिरेले गरेका छन्  । पहिलो पटक सागर  लम्साल  “बले” र गरिमा  शर्मा यस गीतमार्फत प्रेमजोडी को रुपमा देखा परेका छन् । निर्माण  पक्षले यो गीतले दर्शकको मन जित्ने विश्वास गरेको बताएका छन् । यसभन्दा अगाडि पनि गीतकार उप्रेतीको “लगन जुरेर ”गीत  सार्वजनिक भाईसकेको छ ।

यो पनि :

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु