Information is intelligence
HomeSportsशीर्ष स्थानमा रहेको सोसिडाडले बार्सिलोनाको सामना गर्ने

शीर्ष स्थानमा रहेको सोसिडाडले बार्सिलोनाको सामना गर्ने

- Advertisement -spot_img

ला लिगामा आज बार्सिलोना र सोसिडाडसंग प्रतिस्पर्दा गर्दै छन् । खेल नेपाली समय अनुसार राती १:४५ मा हुनेछ ।

बार्सिलोनाको घरेलु मैदानमा हुने खेलमा दुबै टोलि जित निकान्ले दाउमा मैदानमा उत्रने छन्। शीर्षस्थानमा रहेको सोसिडाड आजको खेलमा जित निकाल्दै शीर्षस्थान कायमै राख्न चाहन्छ भने लगातार कम्जोर प्रदर्सन गरिरहेको बार्सिलोना आजको खेलमा जित निकाल्दै अंक तालिकामा अगी बढ्ने सोचमा सोसिडाडको सामना गर्नेछ। हाल ११ खेलमा १७ अंक सहित बार्सिलोना अंक तालिकाको आठौं स्थानमा छ भने १३ खेलमा २६ अंक सहित रियल सोसिडाड अंक तालिकाको शीर्ष स्थानमा छ ।

बार्सिलोना पछिल्लो ५ खेलमा ३ खेल जित र २ खेल हार बेहोरेको छ भने रियल सोसिडाडले ५ खेलमा २ खेलमा जित र ३ खेल बराबरी खेलेको छ ।

मेसी आजको खेलमा एक गोल गर्न सकेको खण्डमा नया इतिहास रच्ने छन् ,सर्वकालीन महान् खेलाडी पेलेले बनाएको कीर्तिमानबाट मेसी एक गोल टाढा छन्। एउटै क्लबबाट धेरै गोल गर्नेमा पेले अग्रस्थानमा छन्। पछिल्लो खेलमा लेभान्टेविरुद्ध १-० को नतिजा निकाल्दा मेसीले गोल गरेका थिए। उक्त गोलसँगै मेसीले बार्सिलोनाबाट ६४२ गोल गरेका छन्।

यो पनि :

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु