Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना भाइरस पुष्टि

पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना भाइरस पुष्टि

- Advertisement -spot_img

काठमाण्डौ | पछिल्लो २४ घण्टा नेपालमा थप ७ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सहित अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार नौ सय १६ जना पुगेको छ ।

बुधबार थप ८ सय ४७ कोरोनामुक्त भएसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ३८ हजार पाँच सय सय ६९ छ ।

यस्तै गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण १३ जनाको ज्यान गएको छ । योसँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात सय ४३ पुगेको छ ।

नेपालमा अहिले नौ हजार सात सय ५७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । गएको २४ घण्टामा पाँच हजार पाँच सय ५५ जनाको पीसीआर परीक्षण भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु