Information is intelligence
HomeSportsबार्सिलोनाको पुनरागमन जित

बार्सिलोनाको पुनरागमन जित

- Advertisement -spot_img

ला लिगामा गएराति भएको खेलमा बार्सिलोनाले शीर्षस्थानमा  रहेको रियल सोसिडाडलाई २-१ गाेलअन्तरले हराउँदै पुनरागमन जित हात पारेको छ।

बार्सिलोनाको घरेलु मैदान क्याम्पनाउमा भएको  खेलको पहिलो हाफको २७ औँ मिनेटमा सोसिडाडका विलियन जोसेले गोल गर्दै  सोसिडाडलाई अग्रता दिलाएका थिए । बार्सिलोनाका लागि खेलको ३१ औँ मिनेटमा जोर्डी अल्वाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए भने खेलको ४३ औँ मिनेटमा डी जोंगले गोल गर्दै बार्सिलोनाका लागि जित सुनिश्चित गरेका हुन् । खेलको दोस्रो हाफमा कुनै गोल हुन नसक्दा  बार्सिलोनाले जित आफ्नो पोल्टामा पारेको हाे ।

जितसँगै १२ खेलमा २० अंक जाेडेकाे बार्सिलोना तालिकाको पाचौँ स्थानमा छभने हारपछि १४ खेलमा २६ अंकसहित सोसिडाड तालिकाको दोस्रो स्थानमा छ ।

यो पनि :

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु