Information is intelligence
HomeEconomyमेगा बैंककाे लाभांश घाेषणा, कति पाइन्छ बाेनश ?

मेगा बैंककाे लाभांश घाेषणा, कति पाइन्छ बाेनश ?

- Advertisement -spot_img

मेगा बैंकले १३.०५% लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बिहीबार पुस २ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको १०% बोनस सेयर र कर प्रयोजनसहित ३.०५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसर्थ, बैंकले १ अर्ब ३३ करोड २२ लाख ६९ हजार ५४१ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ ।

यस्तै, ४० करोड ६३ लाख ४२ हजार २१० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष बैंकले ११.७५% नगद लाभांश वितरण गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु