Information is intelligence
HomeEducationमाघ पहिलो साताबाट स्नातक र स्नातकोत्तरको परीक्षा

माघ पहिलो साताबाट स्नातक र स्नातकोत्तरको परीक्षा

- Advertisement -spot_img

त्रिभुवन विश्वविद्यालयले आगामी माघ पहिलो साता देखी स्नातक तहको तेस्रो तथा स्नातकोत्तर तहको पहिलो वर्षको परीक्षा संचालन गर्ने भएको छ ।

चैतमा स्थगित गरिएको सेमेस्टर प्रणालीको परीक्षा गत आइतबार देखि संचालन गरेको त्रिविले सो सकिए लगत्तै वार्षिक परीक्षा संचालन गर्न लागेको हो । माघको पहिलो साता स्नातकोत्तर तहको पहिलो बर्षको तथा दोस्रो साताबाट स्नातक तहको तेस्रो वर्षको परीक्षा संचालन गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो ।

भौतिक उपस्थितीमा संचालन गरिने परीक्षाका लागि १ लाख ५० हजार परिक्षार्थी छन् । प्रत्येक सेमेष्टर वा वार्षिक परीक्षा सम्पन्न भएको ४ महिना भित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेको परीक्षा नियन्त्रक जोशीले बताउनुभयो ।

यस्तै, आगामी सोमबार त्रिविले दिक्षान्त समारोहको आयोजना गर्ने भएको छ । कोरोना संक्रमण जोखिमका कारण त्रिविले विद्यावारिधी, एमफील र दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीलाई मात्र समारोहमा सहभागी गराउने भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु