Information is intelligence
HomeNewsजोर-बिजोर प्रणाली भोलिबाट हट्ने

जोर-बिजोर प्रणाली भोलिबाट हट्ने

- Advertisement -spot_img

काठमाडौं । उपत्यकाका सवारीसाधनमा लगाइएको जोर-बिजोर प्रणाली  भोलि (शुक्रबार) बाट हटाउने निर्णय भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयपछि उपत्यकाको जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको बताए ।

कोरोना न्यूनीकरणका लागि भन्दै लकडाउन हटे पनि उपत्यकामा भने भदौ २५ गतेबाट सबै सवारीसाधनमा जोर-बिजोर प्रणाली लागु थियो । सरकारी पक्षले जोर-बिजोर माध्यमबाट कोरोना महामारी न्यूनीकरण हुने दाबी गर्दै आए पनि उपत्यकामा संक्रमणको दर निरन्तर बढ्दै गएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु