Information is intelligence
HomeSports‘लेवान्डोस्की विश्व वर्ष खेलाडीका वास्तविक हकदार'

‘लेवान्डोस्की विश्व वर्ष खेलाडीका वास्तविक हकदार’

- Advertisement -spot_img

एजेन्सी । बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले रोबर्ट लेवान्डोस्की विश्व वर्ष खेलाडीका वास्तविक हकदार भएको बताएका छन् ।

लेवान्डोस्की फिफा वर्ष खेलाडीको अन्तिम तीनको सूचिमा मनोनित भएका छन् । बिहिबार स्विटजरल्याण्डको जुरिचमा हुने कार्यक्रममा अवार्ड विजेताको नाम घोषणा गरिनेछ ।

लेवान्डोस्कीसंगै वर्ष खेलाडीको मनोनयनमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी समेत रहेका छन् ।

३२ वर्षिया फरवार्डले दुई गोल गरेको खेलमा बायर्न म्युनिखले बुधबार राति वोेल्फ्सबर्गलाई २–१ ले हराएको थियो । प्राप्त जितले बायर्नले लिग तालिकामा शीर्ष स्थानको बायर लिभरकुसनसंगको दुरी एक अंकमा झारेको छ ।

बुधबार राति लेवान्डोस्कीले बुन्डेसलिगामा २ सय ५० गोलको कोशेढुङ्गा पार गरे । उनले ३ सय ३२ खेलमा सो कोशेढुङ्गा बनाएका हुन् । उनी भन्दा अघि रहेका गेरड मुलरले ३ सय ६५ गोल गरेका छन् भने क्लाउस फिसले २ सय ६८ गोल गरेका छन् ।

लेवान्डोस्कीले यस सिजन लिगमा ११ गोल पुरा गरेका छन् । सबै प्रतियोगितामा उनको गोल संख्या १५ पुगेको छ । उनकै प्रर्दशनमा बायर्नले गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थियो । च्याम्पियन्स लिग सहित बायर्नले तीन उपाधि गत सिजन हात पारेको थियो ।

बायर्नका सहकर्मी म्यानुअल नोयरले समेत लिगमा २ सय खेलमा जित निकाले । उनले २ सय ६१ खेलमा सो सफलता प्राप्त गरेका हुन् । थोमस मुलरको कीर्तिमानलाइ पछि पारेका नोयर फिफाको वर्ष उत्कृष्ट गोलकिपरको सूचिमा रहेका छन् ।

‘मैदानमा उनी एकतर्फबाट धेरै महत्वपूर्ण हुन्छन् । तर उनी टिमको घेराभित्र समेत हुन्छन् ।’ फ्लिकले भने ।

‘निश्चित रुपमा उनी एक महत्वपूर्ण खेलाडी हुन् । जो सही अर्थ राख्छन् ।’ उनले थपे ।

‘त्यसैले हामी सबैले हेरिरहेका छौ । म्यानुअलको साथमा लेवान्डोस्कीले समेत पुरस्कार जित्नेछन् । दुवै खेलाडी वास्तवमा यसको हकदार हुन् ।’ उनले भने ।

फ्लिक समेत लिड्स युनाईटेडका मार्सेलो बायलासा र लिभरपुलका योर्गेन क्लोपसंगै फिफा वर्ष प्रशिक्षकको मनोनयनमा परेका छन् ।

यो पनि :

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु