Information is intelligence
HomeEconomyनेप्से सूचक घट्दा काराेबार रकम भने बढ्याे

नेप्से सूचक घट्दा काराेबार रकम भने बढ्याे

- Advertisement -spot_img

बिहिबार शेयर मार्केटमा लगानीकर्ताहरूकाे मनाेबलमा द्विविधा देखा पर्दा त्यसकाे असर भने नेप्से परिसूचकमा देखिएकाे छ । तर काराेबार रकममा भने बृद्दि भएकाे छ ।

बिहिबार नेप्से सूचक २२.७० अंकले घटेर २०३२.५१ विन्दुमा आइपुगेको छ । १९५ कम्पनीको ६ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१ करोड ४१ लाख कित्ताभन्दा धेरै शेयर काराेबार भएकाे छ । खरिदबिक्री भएकामध्ये माइक्रोफाइनान्स बाहेक बाँकी सबै समूहको सूचक तल झरेका छन् । ३ कम्पनीको भाउ ९% भन्दा बढीले वृद्धि भएको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसको ८० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा नेपाल बैंक परेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु