Information is intelligence
HomeEntertainment & Artsमहजोडीको फिल्म दाल भात तरकारी हेरेर प्रतिक्रिया दिन नपाइने,किन ?

महजोडीको फिल्म दाल भात तरकारी हेरेर प्रतिक्रिया दिन नपाइने,किन ?

- Advertisement -spot_img

देशकै अग्रज हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य दर्शकको प्रतिक्रियासँग डराउलान् ? अहिलेसम्म उत्कृष्ट स्तरको प्रहसन दिँदै आएका उनहिरु दर्शकको प्रतिक्रियासँग नै डराउलान् भन्ने कुरा पत्याउन कठिन हुन्छ । तर, मह संचारको ब्यानरमा निर्माण भएको फिल्म दाल भात तरकारी हेरेर दर्शकले प्रतिक्रिया दिन पाउने छैनन् ।

युट्युबमा अपलोड भएको फिल्म दाल भात तरकारीमा दर्शकले प्रतिक्रिया दिन नपाउने बताइएको छ । एक हप्ताअघि युट्युबमा सार्वजनिक भएको यो फिल्मको भ्यू २.३ मिलियन भन्दा धेरै भइसकेको छ । फिल्म युट्युबमा १ नम्बर ट्रेण्डिङमा छ । तर, फिल्ममा कमेन्ट सेक्सन बन्द गरिएको छ । कमेन्ट किन बन्द गरियो भन्ने प्रस्ट छैन । केही महिनाअघि भारतीय दर्शकहरुले नातावादको आरोप लगाउँदै स्टारकिडका फिल्ममा डिस्लाइक अभियान नै चलाएपछि केही बलिउड फिल्मले पनि ट्रेलरमा लाइक नदेखिने बनाएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु