Information is intelligence
HomeNewsआज र भोलि काठमाडौंका यी ठाउँमा तीन घण्टा बत्ती नहुने

आज र भोलि काठमाडौंका यी ठाउँमा तीन घण्टा बत्ती नहुने

- Advertisement -spot_img

काठमाण्डौ | शुक्रबार र शनिबार काठमाडौंका केही ठाउँमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ।

नेपाल विद्युत प्रधिकरणका अनुसार बालाजु ‌औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा बत्ती जानेछ।

बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्न विद्युत अवरूद्ध गर्न लागेको प्राधिकरणले जनाएको छ। शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म र शनिबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

साथै सो कार्य निर्धारित समयअघि नै सम्पन्न भएमा छिटो लाइन सुचारू हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु